प्रबासी नेपाली यूवा समुहको मासिक बैठक सम्पन्न - साउदी अरब
प्रबासी नेपाली यूवा समूह साउदी अरब को मासिक बैठक आज सम्पन्न भएको छ !समुहका अध्यक्ष श्री जितेन्द्र महाङ्पाङ ज्यू को अध्यक्षता सम्पन्न भएको उक्त बैठकमा समुहका सबै पदाधिकारी एवं सदस्य हरुको उपस्थिति रहेको थियो ।बैठकमा नयाँ सदस्यता बिस्तार , लेबि सर लगानी ,खेलकुद तथा संस्थागत कोष लगानी सम्बन्धमा छलफल गरिएको थियो ।प्रबासमा रहेका पिडित नेपाली र अन्य अप्ठ्यारोमा परेका गरिब दिन दुखी हरुको सहयोगार्थ स्थापित यो संस्था बिगत पाच महिना देखि क्रियाशील रुपमा चली रहेको छ । अप्ठ्यारोमा पर्दा सहयोग पनि पाइने र साथमा आफ्नी लगानी सुरक्षितका साथ भाबी दिन मा ब्याज सहित फिर्ता पनि पाइने हुनाले समुहमा जोडिनेको संख्या निरन्तर वृद्धि भै रहेको संघका अध्यक्ष जितेन्द्र महाङ्पाङ ले बताउनु भयो ।
No comments:
Post a Comment